गृहपृष्ठ एकदिवसीयमा आज नेपाल र जिम्बावे भिड्दै

एकदिवसीयमा आज नेपाल र जिम्बावे भिड्दै

एकदिवसीयमा आज नेपाल र जिम्बावे भिड्दै

नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पाहुना टोली जिम्बावे 'ए' विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले पहिलो एकदिवसीयमा जिम्बावे 'ए' विरुद्ध खेल्न लागेको हो ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे 'ए' बीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै एकदिवसीय सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । जिम्बावे पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।

यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो । एक खेल वर्षाका कारण रद्द भएकाे थियाे । 'आइसीसी पुरुष क्रिकेट विश्वकप लिग टु'अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीस्वरूप नेपालले जिम्बावे 'ए'सँग सिरिज खेलिरहेको हो ।

प्रकाशित समय : १४:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु