एनआइसी एशिया बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विशेष छुट
वि.सं.२०७९ वैशाख २३ शुक्रवार १३:५६
shares

एनआइसी एशिया बैंकका ग्राहकलाई महाराजगञ्जस्थित महाराजगञ्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विशेष छुट हुने भएको छ । छुटसम्बन्धी समझदारीपत्रमा बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झाैताअनुसार क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्टमा बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्नेछन् । बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास-प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इमुनो यासे, सिटोप्याथोलोजी, एफएनएसी, म्युनोफ्लोरोसेन्स, अटो इम्युन प्यानल, फ्लो सिटोमेट्री, र किड्नी स्टोन एनालाइसिस (एफटी-आइआर टेक्नोलोजी) परीक्षणहरू गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ ।

























