वर्षाका कारण दुई दिनपछि सर्यो संखुवासभा गोल्डकप
वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १७:१४
shares

सारांश
- पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ ।
- निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो ।
- प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ ।
भोजपुर । पहाडी जिल्ला संखुवासभामा शनिबार (भोली)बाट सुरु हुने भनिएको गोल्डकप बर्षातका कारण दुई दिनपछि सरेको छ । निरन्तरको भारी वर्षाका कारण खेलमैदान हिलाम्मे भएपछि आयोजकले प्रतियोगिता दुई दिनपछि सार्ने निर्णय गरेको हो ।
खाँदबारीको मानेभञ्ज्याङमा आयोजना हुन लागेको पहिलो संस्करणको संखुवासभा गोल्डकप फुटबल प्रतियोगिता अब दुई दिनपछि कार्तिक १६ देखि २० कात्तिकसम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताए ।
प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहोरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा (११) फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब सहभागिता जनाउने छन । जिल्लामा फुटबलको आकर्षण बढाउने उद्धेश्य सहित गोल्डकप आयोजना गरिएको हो ।
आयोजकका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले तीन लाख रुपैयाँ पाउनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले भने नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

























