काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

याे साता १७ सयले घट्यो सुनको मूल्य

9.06K
shares

यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको छ । साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रतितोलाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

महासंघका अनुसार गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १७ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँमा आइपुगेको हो । यस्तै, गत साता तोलामा १ लाख ४०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्ममा ९८ हजार ७०० रुपैयाँमा झरेकाे थियाे ।

यो साता पहिलो कारोबार दिनदेखि नै सुन घट्न थालेकाे हाे । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार ९०० रुपैयाँ, बुधबार ३०० रुपैयाँ र बिहीबार १ हजार रुपैयाँ प्रतितोलाले घटेको थियो ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी यो साता ४० रुपैयाँ घटेको महासंघले जनाएकाे छ ।