काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘मापदण्डअनुरुप भएका म्यादी प्रहरीलाई सुरक्षा निकायमा भर्ना हुँदा प्राथमिकता दिनू’

8.72K
shares

सुरक्षा निकायमा भर्ना हुँदा म्यादी प्रहरीलाई प्राथमिकतामा राख्न सुरक्षा निकायका प्रमुखहरूलाई गृहमन्त्री बालकृष्ण खाणले  निर्देशन दिएका छन् । गृह मन्त्रालयमा शनिबार भर्चुअल माध्यमबाट भएको स्थानीय तह निर्वाचनसम्बन्धी सुरक्षा गोष्ठीमा उनले त्यस्ताे निर्देशन दिएका हुन् ।

नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई मन्त्री खाणले निर्देशन दिँदै भने, ‘स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरी भर्ना गरेको छ । उनीहरू निर्वाचनमा सुरक्षा दिँदा नयाँभन्दा अनुभवी हुन्छन् र आगामी दिनमा सुरक्षा निकायले नयाँ भर्ना लिँदा मापदण्डअनुरुप भएमा उनीहरूलाई प्राथमिकतामा राख्नुहोला ।’ निर्वाचन सुरक्षाको क्रममा देखिएका चुनौतीहरू उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरेर सामाना गर्न पनि मन्त्री खाणको निर्देशन छ ।

गोष्ठीमा गृहसचिव टेकनारायण पाण्डेले निर्वाचनको सुरक्षा र निष्पक्षता सरकारको मुख्य लक्ष्य भएको बताए । उनले सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा समितिमा रहेका पदाधिकारीहरूलाई निर्वाचन सुरक्षा र निष्पक्षता कायम गराउनेगरी सुरक्षा प्रत्याभूति दिलाउन निर्देशन पनि दिए । सुरक्षा गोष्ठीमा प्रत्येक प्रदेशबाट एक/एक जना प्रमुख जिल्ला अधिकारीले सुरक्षा स्थितिबारे प्रस्तुतीकरण दिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेलले जानकारी दिए ।