आणविक शक्तिलाई निरन्तरता दिने किम जोङ उनकाे उद्घोष
वि.सं.२०७९ वैशाख १३ मंगलवार १९:१६
shares

उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली जन सेना (केपीए)को स्थापनाको ९०औँ वार्षिकोत्सवको सम्मानमा आयोजित परेडलाई सम्बोधन गर्दै आफ्नो आणविक शक्तिलाई अधिकतम गतिमा बलियो बनाउन जारी राख्ने बताएका छन् ।
'हामी अधिकतम गतिमा रहेको आणविक शक्तिलाई थप विकास र सुदृढ पार्ने उपायहरू अबकम्बन गर्नेछौं,' किमले भनेका छन् । उनका अनुसार उत्तर कोरियाले कुनै पनि बेला परमाणु हतियारको प्रतिरोधात्मक शक्ति प्रयोग गर्न सक्षम हुनका लागि सावधानीपूर्वक तयारी गर्नेछ ।
























