गृहपृष्ठ सुनको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

सुनको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

सुनको मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जानकारी दिएको छ । महासंघले सुनको मूल्य ९०० रुपैयाँले घटेर प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको जनाएको हो ।

हिजो सोमबार प्रतितोला १ लाख २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९०० ले घटेको महासंघले जानकारी दिएको छ । यस्तै, हिजो तेजाबी सुनको मूल्य ९९ हजार ७०० रुपैयाँ थियो । प्रतितोलाले ९०० रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य ९९ हजार ३०० रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९८ हजार ८०० रुपैयाँ छ ।

आज चाँदीको मूल्य स्थिर छ । महासंघका अनुसार आज हिजोकै मूल्यमा चाँदीको कारोबार भइरहेको छ । जसअनुसार आज चाँदीको प्रतितोला मूल्य १३ सय ५० रुपैयाँ छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु