गृहपृष्ठ दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ निष्काशन
दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ निष्काशन
दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (बैशाख १३)देखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५४ लाख २६ हजार ४० रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १० लाख ५४ हजार २६० कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सो सेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । निष्कासन बन्द छिटोमा बैशाख २७ गते हुनेछ र ढिलोमा जेठ ११ गते हुनेछ ।
प्रकाशित समय : १७:०३ बजे



















