nmb bank

गृहपृष्ठ ट्वीटरको मालिक बने एलन मस्क

ट्वीटरको मालिक बने एलन मस्क

ट्वीटरको मालिक बने एलन मस्क

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले विश्वकै ठूलोमध्येको एक सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । संसारभरिका नेता, सेलेब्रिटी र इन्फ्लुएन्सरहरूले बारम्बार चलाउने प्रभावशाली सामाजिक सञ्जाल ट्वीटर किनेका हुन् ।

उनले ५४.२० डलर प्रतिसेयर मूल्यमा कुल ४४ बिलियन डलर अर्थात, अहिलको विनिमय दरअनुसार ५३ खर्ब ६८ अर्बभन्दा बढी मुल्य तिरेर मस्कले ट्वीटर किनेका हुन् । एलन मस्कले केहीदिन अगाडि ट्वीटरको ९ प्रतिशत सेयर किनेका थिए । अब भने उनले ट्वीटरको सबै सेयर किनेका हुन् ।

ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले भनेका छन्, ‘ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्ताव गम्भीरतापूर्वक आँकलन गर्यो । सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई क्यासमा आकर्षक प्रिमियम प्राप्त हुने छ जसबाट सेयरधनीलाई फाइदा हुने छ । हामीलाई लाग्छ ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटरका सीईओ पराग अग्रवालले ट्वीटरको एक उद्देश्य प्रासंगिकता भएको र यसले दुनियालाई प्रभावित पार्ने उल्लेख गरेका छन् । उनले भनेका छन्, हामीलाई हाम्रो टिममा गर्व छ ।’

यसैगरी ट्वीटर कम्पनीका नयाँ मालिक एलन मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको उल्लेख गर्दै भनेका छन्, ‘ट्वीटर यस्तो डिजिटल टाउन हो जहाँ मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुन्छ । ट्वीटरमा जबरजस्त क्षमता छ ।’ ट्वीटर कम्पनीमा काम गर्न उत्सुक रहेको भन्दै उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छन् ।

टेस्ला र स्पेस एक्सका मालिकले अनलाइन प्लाटफर्महरूमा अत्यधिक संयमता (एक्सेसिभ मोडरेसन) अपनाइने गरेको भन्दै त्यसको आलोचना गर्ने गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएअनुसार मस्कले अब ट्वीटरका बट एकाउन्ट हटाउनुका साथै विज्ञापनहरूमा पनि कटौती गर्नेछन् । हाल ट्वीटरले आफ्नो ९० प्रतिशत राजश्व विज्ञापनबाट प्राप्त गर्ने गरेको छ । कम्पनी निजिकरण हुने भएपछि विज्ञापनबाट आउने आम्दानी बढाउन अब कुनै शेयरधनीबाट दबाब हुने छैन ।

मस्कले ट्वीटर सब्स्किृरप्सन मोडल (ग्राहक बनाउने) मा जानुपर्ने बताउने गरेका छन् । गत वर्षदेखि नै ट्वीटरले त्यो मोडलमा केही अभ्यास थालेको पनि थियो । ट्वीटर ब्लु सार्वजनिक गरेर प्रतिमहिना २.९९ डलरमा प्रिमिमय सेवा लिन सकिने सुविधा ट्वीटरले दिएको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु