गृहपृष्ठ भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते
भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु, एक घाइते
अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।
मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा४ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बा.प्र०२-०२३प ७७६९ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएकाे थियाे ।
ठक्करबाट स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा-६ घर भई हाल चाँगुनारायण नपा-३ झौखेल ठकुरीगाउँ बस्ने ३२ वर्षीय ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले जानकारी दिए ।
स्कुटर पछाडि सवार म्याग्दी बेनी नगरपालिका-४ घर भई हाल चाँगुनारायण नगरपालिका-३ झौखेल बस्ने ३३ वर्षीय विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गाउँपालिका-४ घर भई हाल मध्यपुरथिमि-७ सिद्धिकाली बस्ने ३६ वर्षीय तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।
प्रकाशित समय : १६:२६ बजे


















