काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लगातार दुई दिन छठ पर्वका अवसरमा सार्वजनिक बिदा

1.28K
shares

काठमाडौं । नेपाल सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै छठ पर्वको भोलिपल्टसमेत सार्वजनिक बिदा हुने जानकारी गराएको हो ।

यसअघि सरकारले आगामी आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने धार्मिक परम्परा रहेकाले व्रत समापनको दिन सोमबार समेत बिदा दिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी गरिएको सूचनामा धार्मिक तथा सांस्कृतिक परम्परालाई मध्यनजर गर्दै उक्त दिन पनि सार्वजनिक बिदा दिइएको व्यहोरा उल्लेख गरिएको छ । यस निर्णयसँगै यस वर्षको छठ पर्वका अवसरमा आगामी आइतबार र सोमबार गरी लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।