काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भिमफेदी दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु, शवको पर्खाइमा आफन्त

777
shares

सर्लाही । मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (इभी)दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन ।

छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भिमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो ।

दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ ।

दुर्घटनामा छोरा र बुहारी गुमाएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी गराउनुभएको थियो । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए ।

अध्यक्ष यादवका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए ।

यता, पीडितपरिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि आफन्तको शव गाउँ ल्याउने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन् ।