global ime bank Long Banner Ad

गृहपृष्ठ सर्वोत्तम सिमेन्टले ‘मिस्टर ह्यापी टुर २०७९’ गर्दै

सर्वोत्तम सिमेन्टले ‘मिस्टर ह्यापी टुर २०७९’ गर्दै

सर्वोत्तम सिमेन्टले ‘मिस्टर ह्यापी टुर २०७९’ गर्दै

सर्वोत्तम सिमेन्टले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा कलाकर्मी एवम् टेलिभिजन कार्यक्रम 'ह्वाट द फ्लप'का निर्माता तथा प्रस्तोता सन्दिप छेत्रीसँगको सहकार्यमा मनोरञ्जनात्मक कार्यक्रम 'मिस्टर ह्यापी टुर २०७९'को सञ्चालन गर्दैछ ।

सर्वोत्तम सिमेन्टले आफ्नै चुनढुंगा र विद्युत स्रोतको प्रयोग गरी ४३ ग्रेड र ५३ ग्रेडका सिमेन्ट उत्पादन तथा वितरण गर्दै आएको छ । सर्वोत्तम सिमेन्ट उत्पादन प्रविधिमा नेपालमा भिआरएम (भर्टिकल रोलर मसिन) प्रविधि प्रवेश गराउने कम्पनी हो । सिमेन्टको उत्पादन तथा प्रयोग आम नेपालीले बुझ्न जरुरी रहेको यर्थाथलाई मध्य नजर गर्दै सामाजिक सचेतना मूलक कार्यक्रम सञ्चालन गर्ने क्रममा मिस्टर ह्यापी टुर २०७९ सञ्चालन गरेको कम्पनीले जनाएको छ । 

वैशाख ३ गते शनिबारका दिन पोखराका चिप्लेढुंगाबाट सुरू भएको मिस्टर ह्यापी टुर २०७९ भैरहवाको बुद्धचोक, परासीको परासी बजार, चितवनको नारायणीतीर, वीरगंजको शहिद पार्क, घण्टाघर, गौरको विपी चोक हुँदै यहि शुक्रबार साँझ ५ बजे मिथिला नगरी जनकपुरको जानकी मन्दिर प्रांगनमा सञ्चालन हुँदै सम्पन्न हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित समय : १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु