गृहपृष्ठ ललितपुरमा अक्सिजन प्लान्ट विष्फोट हुँदा एकको मृत्यु, चार घाइते
ललितपुरमा अक्सिजन प्लान्ट विष्फोट हुँदा एकको मृत्यु, चार घाइते
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।
घाइतेहरूकाे पाटन अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको हाे । प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।
प्रकाशित समय : १६:४८ बजे



















