global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

सुनको मूल्य बढ्यो, चाँदीकाे घट्यो

आज बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलाको १ लाख ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सयले नै बढेर १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेर प्रतितोला १३ सय ८० रुपैयाँमा झरेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८६ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ तोकेको छ ।

प्रकाशित समय : १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु