nmb bank

गृहपृष्ठ वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयर र उपमेयरमा उम्मेद्वारी दिने

वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयर र उपमेयरमा उम्मेद्वारी दिने

वीरगञ्जमा एमाले र लोसपाबीच गठबन्धन, मेयर र उपमेयरमा उम्मेद्वारी दिने

वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले तालमेल गर्ने भएका छन् । बिहीबार वीरगन्जमा संयुक्त पत्रकार सम्मेलन गरी दुई पार्टीबीच तालमेलको सहमति भएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा एमाले सचिव महासेठ, लोसपाका वरिष्ठ नेता लक्ष्मणलाल कर्ण र वीरगन्जका मेयर विजय सरावगीलगायतका नेता रहेका थिए । सरावगी केही समयअघि मात्रै जनता समाजवादी पार्टीबाट एमालेमा प्रवेश गरेका हुन् ।

एमाले र लोसपाबीच भएको सहमतिअनुसार आगामी स्थानीय तहको चुनावमा एमालेले मेयर र लोसपाले उपमेयरमा उम्मेदवारी दिनेछ । एमालेले मेयर सरावगीलाई नै निरन्तरता दिने गरी सिफारिस गरिसके पनि लोसपाले उपमेयरमा कसलाई उठाउँछ भन्नेबारे खुलाएको छैन ।

एमाले मधेस इन्चार्ज रघुवीर महासेठले गठबन्धन घोषणा भएपछि संयुक्त रुपमा निर्वाचन परिचालन समिति गठन गरी अगाडि बढ्ने जनाए । एमाले जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले वीरगन्ज महानगरपालिकामा मिलेर निर्वाचनमा सहभागी हुने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सत्ता गठबन्धनले जसपाबाट मेयर उठाउने तयारी गरेको छ । उपमेयरमा कांग्रेसबाट उठाउने सहमति गरिएको छ ।

प्रकाशित समय : १६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु