global ime bank Long Banner Ad

गृहपृष्ठ महानगरका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै

महानगरका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै

महानगरका उम्मेदवार टुंग्याउन एमालेको सचिवालय बैठक बस्दै

स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ । केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ । सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी दिए ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुले महानगर र उपमहानगरपालिकाको भागबण्डा टुंग्याएपछि एमाले पनि दबाबमा परेको छ ।

प्रकाशित समय : १६:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु