nmb bank

गृहपृष्ठ काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य

काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य

काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ को लागि कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सहकार्य

योग्यता अनुसारको रोजगारी, पेशा र काम खोजिदिने कुमारी जब र मैनादेवी फाउन्डेसनबीच सम्झौता भएको छ । आगामी 'काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२'को लागि यी दुईपक्षबी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार कुमारी जब यस कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।

कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, 'काठमाडौं ट्रयास कलेक्सन रेस २०२२'को लागि सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ । वास्तवमा हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । साथै नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।' भण्डारी आफैं पनि युवा उद्यमी भएकाले समय-समयमा यस्ता साझेदारीहरु गरिरहनुपर्ने विश्वास राख्छन् ।

काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ एक दिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडदै फोहोर संकलन गर्नु पर्ने हुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर संकलन गर्ने ५ वटा टोलीलाई विजेता घोषणा गरिनेछ ।

सामाजिक कार्यकर्ता के.पी. खनाल भन्छन्, 'यस सामाजिक कार्यमा हातेमालो गरेकोमा म कुमारी जबलाई धन्यवाद दिन चाहन्छु ।' एक सामाजिक कार्यकर्ताको हैसियतले हामी सबै मिलेर हाम्रो सहरलाई सफा राख्नुपर्छ भन्ने मेरो विश्वास छ र यसका लागि हामी सबै एकजुट हुनुपर्छ । यो रेसमा सबै जना सहभागी हुन सक्नेछन् र यसमा सहभागी हुन पे वेल एपमार्फत निःशुल्क रुपमा दर्ता गर्न सकिन्छ । यही वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट सुरु हुने दौडका विजेताले ५० हजार नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्वमुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको छ र यो वर्ष काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने उद्देश्य लिएको छ । मुख्यतया युवाहरु कार्यरत यस संस्थाका कर्मचारीहरु समाज र वातावरणप्रति सकारात्मक योगदान पुर्‍याउन प्रतिवद्ध छन् ।

प्रकाशित समय : १६:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु