गृहपृष्ठ महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न
महालक्ष्मी लाइफ इन्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम सम्पन्न
महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रीय प्रमुखहरुको दुई दिने तालिम काठमाडाैंमा सम्पन्न गरेको छ । वैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठीमा देशभरका १५ जना क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।
वैशाख ६ गते सञ्चालित कार्यक्रममा कम्पनीको वर्तमान व्यवसायिक स्थिति, पूँजी वृद्धि पछिको व्यवसायिक रणनीति र २०७८/७९ को व्यवसायिक लक्ष्य विषयमा छलफल भएको थियो । उक्त दिनको कार्यक्रममा १५ वटै प्रमुख, उप प्रमुखहरुले आ-आफ्नो क्षेत्रको व्यवसायिक अवस्था र २०७९ असारसम्मको लक्ष्य विषयमा विस्तृत प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहभागीहरुको क्षमता अभिवृद्धिको लागि प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई, नायव प्रमुख कार्यकारी अधिकृतद्वय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा चिफ मार्केटिङ अधिकृत प्रशान्तराज धमलाले छुट्टा छुट्टै विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
त्यसैगरी वैशाख ७ गते सञ्चालित कार्यक्रममा सहभागीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरिएको थियो । नेपालमा कुन-कुन अपराधिक क्रियाकलापबाट गैरकानुनी रुपमा रकम आर्जन गरिन्छ, त्यसलाई वित्तीय क्षेत्रको विभिन्न निकायमार्फत कसरी शुद्धीकरण गरिन्छ, यसकाे रोकथामका उपायहरु र रिपोर्टिङ गर्ने तरिका बारेमा विस्तृत तालिम प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्व बारेमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले प्रकाश पारेका थिए । त्यसैगरी कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
प्रकाशित समय : १६:०१ बजे



















