गृहपृष्ठ टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन

टिकट बिक्रीबाट १३ लाख ३६ हजार सङ्कलन CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बागमती ।हेटौँडास्थित सहिद स्मारकले टिकट बिक्रीबाट एक महिनामा १३ लाख ३६ हजार ५८० सङ्कलन गरेको छ ।

स्मारक घुम्न आएका १८ हजार ७६८ जना सर्वसाधारण र ९५० जना विद्यार्थीबाट उक्त रकम जम्मा भएको हो । हरेक दिन बिहान ६ः०० बजेदेखि बेलुका ९ः०० बजेसम्म स्मारक खुला हुने गरेको लेखा अधिकृत आशिष विडारीले जानकारी दिए।

घुम्न आउने विद्यार्थीका लागि ३०, सर्वसाधारणका लागि ५०, सार्क राष्ट्रका लागि १०० र अन्य पर्यटकका लागि १५० शुल्क निर्धारण गरिएको छ ।

प्रकाशित समय : १७:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु