गृहपृष्ठ गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु
गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु
कपिलवस्तुको गोरुसिंगेस्थित सेनाको शमशेर दल गणमा गोली लागि घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ । झापाको गौरादह नगरपालिका-१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । तर सैनिक स्रोतले घटनाबारे केही खुलाएको छैन ।
गणको भित्री पोस्टमा कार्यरत राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् ।
प्रकाशित समय : १५:४५ बजे



















