global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

एन्फाको आधिकारिक फेसबुक पेज ह्याक

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक फेसबुक पेज ‘ह्याक’ भएको छ । एन्फाले बिहीबार ट्वीटरमार्फत आफ्नो आधिकारिक फेसबुक पेज ह्याक भएको जानकारी दिएको हो ।

ह्याक भएको भेरिफाइ पेजमा एक लाख ९० हजारभन्दा बढी लाइक र २ लाख १४ हजारभन्दा बढी फलोअर्स रहेका छन् । एन्फाका अनुसार साे पेज यसअघि पनि ह्याक गर्ने प्रयास भएको थियो । यसपटक भने एन्फाले पेज फर्काउन नसकिएको र नयाँ पेजसमेत बनाइसकेको जानकारी दिएको छ । एन्फाका अनुसार पुरानो पेज डिलिट गर्ने प्रक्रिया सुरू गरेकाले यसमा अब कुनै अपडेट आउने छैन ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु