global ime bank Long Banner Ad

गृहपृष्ठ एनसीसी बैंक र नाई संघबीच क्यूआर कोडसम्बन्धी सम्झौता

एनसीसी बैंक र नाई संघबीच क्यूआर कोडसम्बन्धी सम्झौता

एनसीसी बैंक र नाई संघबीच क्यूआर कोडसम्बन्धी सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ कारोबार, बचतका फाइदा तथा क्यूआर कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आवद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यको सहभागिता रहेको थियो । नेपाल राष्ट्रिय नाई संघमा आवद्ध नाईहरूलाई क्यूआर कोड सेवा प्रदान गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ । सम्झौताअन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आवद्ध भई क्यूआर कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुविधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरूमा आवश्यक छुट दिनेछ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा-प्रबन्धक मुकुन्द सुवेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गरेका छन् ।

प्रकाशित समय : २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु