global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गरेकी छन् ।

गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व. तुल्सीलाल अमात्य, स्व. मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व. दुर्गानन्द झा, स्वरसम्राट स्व. नारायणगोपाल गुरुवाचार्यलाई मानपदवी प्रदान गरियो ।

यस्तै सुप्रसिद्ध प्रवल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व. पोष्टबहादुर बोगटी, स्व. मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरियो । विभूषण प्राप्त गर्नेहरुको सूची करिब पाँच सयको संख्यामा भएकाले अहिले कार्यक्रम जारी रहेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सना, गृहमन्त्री बालकृष्ण खाँणलगायत मन्त्रीगण र उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको छ ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु