गृहपृष्ठ सूर्य बिक्री हुने व्यावसायिक चिह्न हो ?
सूर्य बिक्री हुने व्यावसायिक चिह्न हो ?
नेकपा (एमाले)का नेता भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँग पार्टीले चुनावी तालमेल गर्ने भएपछि असन्तुष्टि जनाएका छन् । रावलले बिहीबार ट्वीटमार्फत सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ? भन्दै प्रश्न गरेका छन् ।
'विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उमेदवारले एमालेको सूर्य चिह्नमा लड्ने तर एमाले हुनु नपर्ने रे !' उनले लेखेका छन्, 'के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिस्ट पार्टीको फजिती मात्र !'
बुधबार एमालेले राप्रपा नेपाल र नेपाल परिवार दलसँग चुनावी तालमेल गर्ने सहमति गरेको थियो । एमाले र राप्रपा नेपालबीच भएका सहमतिमा सूर्य चिन्ह लिएर चुनाव उठ्ने राप्रपाका उम्मेदवार चुनावपछि राप्रपा नेपालमै आवद्ध हुने बुँदा समावेश छ ।
विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे!के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र?यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र!
— Bhim Rawal, PhD (@BhimRawal179) April 14, 2022
प्रकाशित समय : २१:०२ बजे



















