गृहपृष्ठ शिवम् सिमेन्टका अध्यक्ष गोयल बने ‘म्यान’को प्रथम उपसभापति
शिवम् सिमेन्टका अध्यक्ष गोयल बने ‘म्यान’को प्रथम उपसभापति
शिवम् सिमेन्टका अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल नेपाल व्यवस्थापन संघ(म्यान)को प्रथम उपसभापतिमा निर्विरोध चयन भएका छन् । आज बसेको म्यानको कार्यकारी बोर्डको बैठकबाट शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष गोयल निर्विरोध निर्वाचित भएका हुन् ।
म्यानको यही चैत्र २६ गते, काठमाडौंमा सम्पन्न भएको ४१औं वार्षिक साधारणसभाको निर्वाचनबाट १७ जना बोर्ड सदस्यमा निर्वाचित भएका थिए । बोर्ड सदस्यहरूमध्येबाट उपेन्द्र पौड्याल अध्यक्षमा र डा. गोयल प्रथम उपसभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
यसअघि सन २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बाेर्डको सदस्य पदमा निर्वाचित भएको थियो ।
प्रकाशित समय : २१:२२ बजे



















