गृहपृष्ठ मिलन चाम्सको ‘वर एन्ड वधु’मा जोडिए कमेडियन हिमेश पन्त
मिलन चाम्सको ‘वर एन्ड वधु’मा जोडिए कमेडियन हिमेश पन्त
कमेडियन हिमेश पन्त फिल्ममा प्रवेश गरेका छन् । पन्तले निर्देशक मिलन चाम्सको फिल्म 'वर एन्ड वधु'मा अभिनय गर्ने भएका हुन् ।
निर्देशक चाम्सले पन्तसँग फिल्मका लागि सम्झौता गरेका छन् । सामाजिक सञ्जालमार्फत निर्देशक चाम्सले पन्तसँग सम्झौता भएको जानकारी दिए । उनले लेखेका छन्, 'हिमेश पन्तलाई बधाई र नेपाल फिल्म क्षेत्रमा स्वागत छ ।' युवापुस्ता माझमा निकै रुचाइएका पन्त स्ट्यान्डअप कमेडियन हुन् । उनी हास्यव्यंग्यसम्बन्धी रियालिटी शो 'कमेडि च्याम्पियन'को पहिलो संस्करणका विजेता पनि भएका थिए ।
प्रेम कथामा बन्ने फिल्म 'वर एन्ड वधु'मा अभिनेत्री आँचल शर्मा र अभिनेता विवेक कर्मचार्य मुख्य भूमिकामा रहेका छन् । छायांकनको पखाईमा रहेको पि:लममा प्रेमसँगै कमेडीलाई मुख्य विषयवस्तु बनाइएको छ । फिल्मलाई एलआर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको छ ।
प्रकाशित समय : २१:५३ बजे


















