गृहपृष्ठ युनियन लाइफको नयाँ बिमा योजना : बीमितलाई प्रत्येक ३ वर्षमा अग्रिम भुक्तानी

युनियन लाइफको नयाँ बिमा योजना : बीमितलाई प्रत्येक ३ वर्षमा अग्रिम भुक्तानी

युनियन लाइफको नयाँ बिमा योजना : बीमितलाई प्रत्येक ३ वर्षमा अग्रिम भुक्तानी

युनियन लाइफ इन्स्योरेन्सले नयाँ बिमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नवीनतम प्रकारको जीवन उत्थान बिमा योजना सार्वजनिक गरेको हो । यस योजनाबाट बिमा गर्ने व्यक्तिहरुले धेरैभन्दा धेरै फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको अनुसार यस बिमा योजना न्यून आय भएका व्यक्तिहरुदेखि अधिक आय भएका व्यक्तिहरुले खरिद गर्न सक्नेछन् । यस योजनामा न्यूनतम ५० हजारदेखि आय श्रोतको आधारमा चाहेअनुसार बिमांक रकमको बिमा गर्न सक्ने व्यवस्था रहेको छ । न्यूनतम ९ वर्षदेखि अधिकतम १८ वर्षसम्मको अवधि कायम गरी १६ वर्षदेखि ५० वर्षका व्यक्तिहरुले बिमा गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको अनुसार यस योजनामा बिमा गर्ने व्यक्ति बिमा अवधिसम्म जीवित रहेमा अग्रिम भुक्तानी गरी बाँकी हुन आएको बिमांक रकम र बोनस उपलब्ध हुनेछ भने बिमा अवधिभित्र कालगतिले मृत्यु भएमा समेत बिमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ । यस्तै कुनै कारणले बीमितको दुर्घटनाबाट मृत्यु भएमा बिमांक बराबरको थप रकम र बोनस रकम समेत उपलब्ध हुनेछ । उक्त योजनामा दुर्घटना लाभबापतको अधिकतम रकम एक करोड रूपैयाँसम्म हुने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यति मात्र नभएर यस योजनामा प्रत्येक तीन वर्ष पूरा भएको बिमालेखको वार्षिकोत्सव मितिमा अग्रिम भुक्तानीबापतको रकम प्रदान गरिने र बिमा अवधि समाप्तसमा बीमितले प्राप्त गरेको अग्रिम भुक्तानी रकमपश्चात बाँकी हुन आउने बिमांक रकम र बोनससमेत प्रदान गरिने व्यवस्था रहेको छ । यस बिमा योजनामा दुर्घटना मृत्यु लाभ, बिमा शूल्क छुट, मासिक आय, घातक रोगसम्बन्धी थप सुविधाहरु लिन सक्ने व्यवस्था रहेको छ । यसका साथै यसमा बिमालेख लिएको मितिले तीन वर्ष पूरा भएपश्चात सम्पूर्ण मूल्य, चुक्ता मूल्य तथा कर्जा सुविधा प्राप्त गर्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

प्रत्येक तीन वर्षपछि अग्रिम भुक्तानी हुने र सबै वर्गका मानिसहरुको पहुँचमा उद्देश्यले यस बिमा योजना ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए ।

प्रकाशित समय : २१:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु