काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आयोगको पारदर्शिता र निष्पक्षतालाई बलियो बनाउनुपर्छ : प्रदेश प्रमुख

14.07K
shares

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगको आज पोखरामा आयोजित  प्रथम वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उनले आयोगले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा प्रतिस्पर्धात्मक परीक्षाबाट योग्य व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा रहेकाले यसमा अझै उचाइ बढाउन प्रादेशिक  आयोग सफल हुने अपेक्षा गरे ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई चिनाउन यस आयोगको भूमिका महत्वपूर्ण हुने बताए । उनले सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आयोगले उपलब्ध गराउने छ भने ।प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आयोग स्थापनाको एकवर्षे समयावधिमा भएका कामकारबाही प्रशंसनीय भएको बताए । प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल हुने विश्वास व्यक्त गरे ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले संघीय निजामती ऐन बन्न नसक्दा समस्या भएको बताए । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए । आयोगका प्रादेशिक अध्यक्ष विष्णुप्रसाद नेपालले निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताए ।

कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश नम्बर १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । त्यस अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शाखा अधिकृत सन्दीप ढुंगानालाई सम्मान गरिनाका साथै आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।