गृहपृष्ठ २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण, २६९ जना निको
२४ घण्टामा ३८ जनामा कोरोना संक्रमण, २६९ जना निको
पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५३७६ जनामा गरिएको नमूना परीक्षणमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा २६९ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने कसैको मृत्यु भएको छैन । मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितहरुको संख्या २४५३ रहेको छ भने २४ घण्टामा ९७३०६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित समय : २२:४८ बजे

















