global ime bank Long Banner Ad

गृहपृष्ठ भीमदत्त राजमार्ग अवरुद्ध

भीमदत्त राजमार्ग अवरुद्ध

भीमदत्त राजमार्ग अवरुद्ध

गन्यापधुरा  गाउँपालिका-१ साउँ खर्कमा पहिरो आउँदा सुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आज दिउँसोदेखि अवरुद्ध भएको छ ।

सडक माथिबाट आएको पहिराका कारण १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर गइरहेकासवारी साधनबीच बाटोमै रोकिएका छन् । सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरिरहेको स्थानीय पार्वती धामीले जानकारी दिइन् ।

प्रकाशित समय : २२:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु