global ime bank Long Banner Ad

गृहपृष्ठ शंखमुलमा दुई समूहबीच कुटाकुट, २ पक्राउ

शंखमुलमा दुई समूहबीच कुटाकुट, २ पक्राउ

शंखमुलमा दुई समूहबीच कुटाकुट, २ पक्राउ

काठमाडौंको शंखमुलमा दुई समूहबीच झगडा हुँदा एक जना गम्भीर घाइते भएका छन् । झगडाका क्रममा विकास लामाको समूहले उनलाई खुकुरी प्रहार गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए ।

घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ । कुँवरका अनुसार घटनामा संलग्न दुई जना पक्राउ परेका छन् । ‘पक्राउ पर्नेहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ’ उनले भने । एसएसपी कुँवरका अनुसार घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । खुकुरी प्रहार गर्नेहरु एक वर्कसपको मोटरसाइकल लिएर आक्रमण गर्न आएको पाइएको उनको भनाइ छ ।

प्रकाशित समय : २२:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु