काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जथाभावी पार्किङ गर्ने ३७ सवारी साधनलाई कारवाही

11.84K
shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कारवाही गर्ने विशेष अपरेशनलाई आज पनि निरन्तरता दिएको छ । आज ललितपुरको पाटन क्षेत्रमा जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनहरूलाई हटाउन स्वीप अपरेशन चलाएको हो ।

महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशीले सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृत रूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन यो अभियान सञ्चालन गरेकाे बताएका छन् । यसले आम सडक प्रयोगकर्ताहरूलाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिएकाे एसएसपी जोशीले बताए । उनले 'नो पार्किङ' जोन र अन्य सवारी आवागमनलाई असर गर्ने गरी पार्किङ गरेका सवारी साधनलाई हटाउने यस अभियानलाई थप प्रभावकारी बनाइने समेत बताए ।

उनका अनुसार आज ललितपुरको पाटन एरियामा ३७ सवारी साधनलाई कारवाही गरिएकाे छ । ट्राफिक प्रहरीले अनाधिकृत स्थानमा पार्किङ गर्ने त्यस्ता सवारी चालकहरूलाई कारवाही गर्नुका साथै जथाभावी आवागमनमा असर गर्ने गरी पार्किङ नगर्न समेत सचेत गराएको छ । बौद्ध एरियामा गरिएको स्वीप अपरेशनमा आज १०० सवारी साधनलाई कारवाही गरिएको छ भने आसपासका अन्य सडकहरूमा पार्किङ व्यवस्थापन समेत गरिएको महाशाखाले जनाएको छ ।

करिडोर सडकहरूमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ । महाशाखाले सम्पूर्ण सवारी चालकहरूलाई सवारी आवागमनमा असर पर्ने गरी अनाधिकृत स्थानमा पार्किङ नगर्न विशेष अनुरोधसमेत गरेको छ ।