कांग्रेस सांसदका माेवाइलमा म्यासेज, ‘अनामनगर-थापागाउँ हुँदै संसद भवन जानू’
वि.सं.२०७८ फागुन १२ बिहीवार १६:४१
shares

सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद् भवन जाँदा प्रयोग गरिने बाटोमा समेत ह्वीप लगाएको छ । कांग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा सहभागि हुन अनामनगर-थापागाउँको सडक प्रयोग गर्दै संसद् पुग्न निर्देशन जारी गरेको हो ।
माइतीघर-बानेश्वर सडकखण्डमा सडकखण्डमा एमसीसी विरोधीहरुले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित हुनसक्ने भन्दै कांग्रेसले अनामनगर-हनुमानथान-थापागाउँको रुट मात्रै प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेको हो ।
कांग्रेस संसदीय दलको तर्फबाट सांसदहरुलाई पठाइएको एसएमएसमा लेखिएको छ, ‘आज फागुन १२ गते संसद भवन पुग्नको लागि अनामनगर-हनुमानथान-थापागाउँको रुट प्रयोग गर्नु हुन अनुरोध छ ।’
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल गर्ने तयारी छ ।

























