काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि असर पर्नसक्छ’

12.14K
shares

प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू-राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले सचेत रहन निर्देशन दिएका छन् ।

महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जंगी अड्डामा आयोजित दुईदिने कमाण्ड सेनापति समन्वयात्मक बैठकको सुरूआत गर्दै उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा आएको सानो परिर्वतनले देशको राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा असर पर्नसक्नेतर्फ ध्यानाकर्षण गराए । राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको कुशल सञ्चालनमार्फत भविष्यमा उच्चस्तरीय जनशक्ति र विशेषज्ञ उत्पादन हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाले मुलुकको आर्थिक विकासमा रणनीतिक महत्व राख्ने काठमाडौँ-तराई-मधेस द्रुतमार्ग लगायतका विभिन्न राष्ट्रिय सडक करिडोरको निर्माणमा सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरे ।

मुलुकका सडक पूर्वाधार आयोजना समयमै सम्पन्न गर्न सेना सक्षम रहेको उल्लेख गर्दै उनले सेनाको पहलकदमीमा स्थापना हुन लागेका आयोजनामा आवश्यक स्रोतसाधनको अभाव हुन नदिने दृढता व्यक्त गरे । उनले ‘बंकरदेखि ब्यारेक’ कार्यक्रम यथाशीघ्र सम्पन्न गरी सेनाका सकलदर्जाका लागि उचित कार्य वातावरण सुनिश्चित गर्नसमेत सरकार प्रतिवद्ध रहेको बताए ।