नेपाल बैंक निक्षेप संकलनमा पहिलो
वि.सं.२०७८ फागुन १० मंगलवार २२:४८
shares

नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुवैमा उच्च वृद्धि गरेको छ । गत माघ महिनामा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने कर्जा विस्तारमा वृद्धिको आधारमा नेपाल बैंक दोस्रो स्थानमा छ ।
गत माघमा नेपाल बैंकको निक्षेप २१.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार २८.५१ प्रतिशतले वृद्धि भएको देखिन्छ । २७ वाणिज्य बैंकमध्ये १६ वटा वाणिज्य बैंकको निक्षेप वृद्धि भएको छ भने १० वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ । वाणिज्य बैंकहरुको औसत निक्षेप वृद्धिदर १०.३७ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्धि भएको छ । औषतमा वाणिज्य बैंकहरुको कर्जा विस्तारमा १६ प्रतिशतको वृद्धि भएको देखिन्छ ।
नेपाल अधिराज्यभर २१३ शाखा, १४७ एटीएम मेसिन साथै ४७ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै अगाडि बढिरहेको छ ।

























