अदालतबाट २२ लाख जरिवाना ठहर भएका पाण्डे पक्राउ
वि.सं.२०७८ फागुन १० मंगलवार २२:३६
shares

उच्च अदालत पाटनले २२ लाख रुपैयाँ जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उच्च अदालत पाटनको २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगोबमोजिम २२ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका-८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
आफ्नो एनआइसी बैंक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसुर गरेकाले पाण्डेलाई काठमाडौँको नेपालटारबाट पक्राउ गरिएको ब्यूरोका उपनिर्देशक उपरीक्षक कमल थापाले जानकारी दिए ।
पक्राउ पाण्डेलाई फैसला कार्यान्वयनको लागि आज जिल्ला अदालत ललितपुर पेश गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

























