काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भारतमा १३ हजार ४०० कोरोनाका नयाँ संक्रमित थपिए

10.35K
shares

भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ४०५ जना कोरोनाका नयाँ संक्रमित थपिएका सरकारी अधिकारीले मंगललबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना संक्रमण सुरु भएयता हालसम्म चार करोड २८ लाख ५१ हजार ९२९ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगललबार जनाएको छ ।

सोही अवधिमा संक्रमणमुक्त भएकाको संख्या भने ३४ हजार २२६ रहेको छ । एउटै अवधिमा कोरोनाभाइरसबाट नयाँ संक्रमित भएकाको संख्याभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । भारतमा कोरोनाका चार करोड २१ लाख ५८ हजार ५१० जना संक्रमणमुक्त भएका छन् ।

अधिकारीका अनुसार, भारतमा अहिले कोरोनाभाइरसबाट सक्रिय संक्रमिमितको संख्या दुइ लाख २ हजार १३१ रहेको छ ।  पछिल्लो २४ घण्टामा मात्र २२ हजार ५६ जना सक्रिय संक्रमिमित घटेकाे समाचारमा जनाइएको छ ।

कोरोनाभाइरसका कारण भारतमा पछिल्लो एक दिनमा २३५ को मृत्यु भएको पनि मन्त्रालयका अधिकारीले जनाएका छन । योसँगै भारतमा कोरोना संक्रमणको कारण हालसम्म पाँच लाख १२ हजार ३४४ को मृत्यु भइसकेको समाचारमा जनाइएको छ ।