काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सात महिनामा ११ खर्ब ४७ अर्बको आयात, एक खर्ब ३१ अर्बको निर्यात

8.3K
shares

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो सात महिनामा (साउनदेखि माघसम्म) निर्यातमा वृद्धि भएको छ । भन्सार विभागद्वारा मंगलबार सार्वजनिक तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो ।

सात महिनामा एक खर्ब ३१ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा नेपालबाट ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

चालु आवको सात महिनामा निर्यातसँगै आयातमा समेत वृद्धि भएको छ । सात महिनामा ४२ दशमलव ७८ प्रतिशतले आयातमा वृद्धि हुँदै ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँभन्दा बढीको आयात भएको छ । तथ्यांकअनुसार गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब ६४ करोड ३१ लाख बढीको आयात भएको थियो ।

निर्यातको तुलनामा आयातमा वृद्धि हुँदा व्यापार घाटामा वृद्धि भएको छ । सोही अवधिमा एघार खर्ब रुपैयाँ बढीको आयात हुँदा ३८ दशमलव ४५ प्रतिशतले व्यापार घाटा बढेको छ । चालु आवको सात महिनामा नेपालले १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख  रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको थियो । यस्तैगरी चालु आवको सात महिनामै नेपालको वैदेशिक व्यापार ४६.४३ प्रतिशतले बढेको छ । यस अवधिमा १२ खर्ब ७९ अर्ब १२ करोड चार लाख  रुपैयाँ बराबरको पुगेको विभागले जनाएको छ । तथ्यांकअनुसार गत आवको सोही अवधिमा आठ खर्ब ७३ अर्ब ५६ करोड  रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

सोही अवधिमा नेपालमा १४५ देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड ४४ लाख रुपैयाँ बढीको आयात भएको छ । तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ । सात महिनामा नेपालले भारतबाट ६ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको आयात भएको छ भने एक खर्ब ६ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापार घाटा ब्यहोरेको छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ । चीनबाट सात महिनामा एक खर्ब ६५ अर्ब २३ करोड ७७ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ४८ करोड ७९ लाख १५ हजार रुपैयाँ को मात्र निर्यात भएको छ । चीनसँग मात्र एक खर्ब ६४ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार घाटा रहेको छ ।