आइसीसी टी-ट्वान्टी विश्वकप छनोट : युएईविरुद्ध नेपाल बलिङमा
वि.सं.२०७८ फागुन १० मंगलवार २१:५८
shares

आइसीसी पुरुष टी-ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले युएईविरुद्ध बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा युएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।
अष्ट्रेलियामा यसै वर्ष हुने आइसीसी टी-ट्वान्टी विश्वकपमा स्थान बनाउने नेपालले आजको खेल जित्नै पर्ने छ । नेपाल समूह बी को विजेता र युएई समूह ए को उपविजेता हुन् । अपराजित रहने क्रममा नेपालले ओमानलाई ३९ रन, फिलिपिन्सलाई १ सय ३६ रन र क्यानडालाई ८ विकेटले पराजित गरेकाे थियाे ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, सन्दीप लामिछाने (कप्तान), कमलसिंह ऐरी, जितेन्द्र मुखिया, विवेक यादव र अभिनाश बोहरा ।
























