काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेप्सेमा दोहोरो अंकको सुधार

12.2K
shares

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेप्से १७ दशमलव ४२ अंकले बढ्दै २७ सय ३५ दशमलव ९३ पुगेको हो । यस्तै, क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ४.३६ अंकले बढेर ५२३.१५ बिन्दुमा पुगेको छ ।

यस दिन कारोबारमा आएका २२८ वटा कम्पनीको ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रुपैयाँ बराबरको ६० लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । यसका साथै, १३१ वटा कम्पनीका लगानीकर्ताले कमाउँदा ५० वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

यस दिन म्यानु एण्ड प्रो र लगानीबाहेक सबै सूचकहरू धनात्मक भएका छन् । अरू समूहको उपसूचक अधिकतम १ दशमलव ९८ प्रतिशतले बढेको छ भने, फाइनान्स समूहको १ दशमलव ९१ प्रतिशतले, डेभलपमेन्ट बैंक १ दशमलव ५१ प्रतिशतले र ननलाइफ इन्स्योरेन्स समूहको उपसूचक १ दशमलव ०५ प्रतिशतले बढेको छ ।