काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पुलिस र एपीएफको खेल बराबरी

10.48K
shares

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत दुई विभागीय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) बीचको खेल बराबरीमा टुंगिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा पुलिस र एपीएफबीचको खेल १-१ गोलको बराबरी टुंगिएको हो । खेलमा पहिलो अग्रता भने पुलिसले लियो । खेलको सुरुआती पहिलो मिनेटमा सुमन लामाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । त्यसपछि खेलको पहिलो हाफको ४१औँ मिनेटमा एपीएफका प्रदीप लामाले एक गोल फर्काउँदै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । खेलको दोस्रो हाफमा भने गोल हुन सकेन । यस बराबरी खेलसँगै पुलिसले १२ खेलबाट १२ अंक जोडेको छ । समान खेल खेलेको एपीएफको भने १५ अंक भएको छ ।

लिगमा बाह्रौँ चरणको खेलहरु चलिरहँदा विजेता र रेलिगेशनमा पर्ने टोलीहरुको भने टुंगो लागिसकेको छ । लिगको उपाधि मच्छिन्द्र क्लबले जितिसकेको छ भने च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब रेलिगेसनमा परिसकेका छन् ।