काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नामाकरण गर्न प्रदेश एकको सर्वदलीय बैठक, यस्ता छन् चर्चाका नाम

9.2K
shares

प्रदेश १ को नामाकरणका लागि आज सर्वदलीय बैठक बस्दैछ। सरकारले प्रदेशको नामबारे छलफल गर्न मंगलबार विराटनगरमा सर्वदलीय बैठक आह्वान गरेको हो। सत्ता गठबन्धनमा रहेका पाँच दल, मुख्य विपक्षी नेकपा एमाले र विपक्षी दल राप्रपासहितले नामबारे छलफल थाल्ने तयारीमा छन् ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ ।

पाँच दलीय गठबन्धनको तर्फबाट ५० जना, एमालेको ४१, राप्रपाको १ गरी ९२ सदस्यीय प्रदेश सभामा नामकरणका लागि ६१ सांसद आवश्यक हुने संवैधननिक व्यवस्था छ ।

एमालेको समर्थनबिना प्रदेशको नामकरण सम्भव छैन । साढे तीन महिनादेखि स्थगित रहेको प्रदेश सभाको बैठक फागुन १५ बोलाइएको छ । मुख्यमन्त्री राईले प्रदेशसभाको चालु हिउँदे अधिवेशनबाट नै प्रदेश नामकरणको प्रक्रिया अघि बढाउने घोषणा गरेका छन् ।

नेकपा एकीकृत समाजवादी नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मन्चसहितको गठबन्धनले सहमतिमा एउटै नाम प्रस्ताव गर्ने सहमति गरेका छन्।

मुलतः नामाकरणका लागि किराँत कोसी, किराँत सगरमाथा र सगरमाथा जस्ता नाम चर्चामा छन् । त्यस्तै विजयपुर प्रदेश र विराट प्रदेश नाम राख्ने विषयमा समेत चर्चा चलेको छ ।