काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साढे २९ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत

9.26K
shares

नेपाल राष्ट्र बैंकले निकालेको साढे २९ अर्ब रुपैयाँको विकास ऋणपत्र सोमबार सूचीकृत भएको छ । नेपाल सरकारको तर्फबाट माघ महिनामा नेपाल राष्ट्र बैंकले निष्कासन गरेको उक्त ऋणपत्रमध्ये २ वर्ष अवधिको १९ अर्ब ५० करोड रुपैयाँ र चार वर्षमा परिपक्व हुने रकम १० करोड रुपैयाँ रहेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार २९ अर्ब ५० करोड रुपैयाँ बराबरका विकास ऋणपत्र सूचीकृत भएको हो । जसमा दुई वर्ष अवधि रहेको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८० ‘ङ’, दुई वर्ष अवधिकै ९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र २०८० ‘च’ र चार वर्षे अवधिको १० अर्ब रुपैयाँको विकास ऋणपत्र २०८२ ‘ङ’ छन् ।

स्टकका अनुसार उक्त ऋणपत्रमा लगानीकर्ताले सरकारबाट ५.६५ देखि ५.७४ प्रतिशतसम्म ब्याज भुक्तानी पाउनेछन् । दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ मा लगानीकर्ताले ५.६५ प्रतिशत, अर्को दुई वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘ङ’ का ५.७४ प्रतिशत र चार वर्षे अवधिको विकास ऋणपत्र २०८२ ‘ङ’ का लगानीकर्ताले ५.७२ प्रतिशत ब्याज पाउने ऋणपत्र रहेका छन् ।

विकास ऋणपत्र २०८० ‘ङ’ का लगानीकर्ताले २०८० माघ १२ गते, विकास ऋणपत्र २०८० ‘च’ का लगानीकर्ताले २०८० माघ २६ गते र विकास ऋणपत्र २०८२ ‘ङ’ का लगानीकर्ताले २०८२ माघ १७ गते साँवाँ भुक्तानी पाउनेछन् ।

सरकारले विकास बजेटका लागि आवश्यक रकमकाे परिपूर्ति आन्तरिक ऋण उठाउने प्रयोजनका लागि साढे २९ अर्ब रुपैयाँ रकमको ऋणपत्र नेपाल राष्ट्र बैंकबाट निष्कासन गरेर स्रोत संकलन गरेको थियो ।