काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक्सेल डेभलपमेन्ट बैंकको सीईओमा इन्द्रकुमार कट्टेल

10.75K
shares

एक्सेल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डा. इन्द्रकुमार कट्टेल चयन भएका छन् । फागुन ३ गते मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सो सञ्चालक समितिको बैठकले आगामी चैत २९ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि कट्टेललाई सीईओ नियुक्त गरेको हो ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले काठमाडौं कीर्तिपुरका कट्टेललाई चैत २९ गतेबाट लागू हुने गरी ४ वर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव श्यामबहादुर बोहोराले जानकारी दिए । कट्टेलले २०८२ चैतसम्म बैंकको सीईओको जिम्मेवारीमा कार्यभार सम्हाल्ने छन् । विर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकको कार्यक्षेत्र पाँच जिल्लामा रहेको छ ।