काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आज पनि घट्यो नेप्से, कारोबार रकम २ अर्बमा खुम्चियो

14.55K
shares

बिहीबार नेप्सेमा सामान्य गिरावट आएको छ । अघिल्लो दिन झण्डै २० अंकले घटेर २७ सय ३४ अंकमा झरेको बजारमा बिहीबार थप १.९३ अंकको गिरावट आएको हो ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १.९४ अंकले घटेर २७ सय ३२.५१ अंकमा झरेको छ । ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स भने आज स्थिर रह्याे ।

आज करिब २ अंकले घटेको बजारमा कारोबार रकम समेत घटेर २ अर्बमा खुम्चिन पुगेको छ । नेप्सेका अनुसार यस दिन ४० लाख १७ हजार कित्ता सेयर बजारमा ३४ हजार ३४६ पटक किनबेच हुँदा जम्मा २ अर्ब २७ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से १९ अंक माथिले घटेको बजारमा ३ अर्ब २ करोड ६३ लाख रुपैयाँको काराेबार भएको थियो ।

आज ट्रेडिङ, हाइड्रोपावर, म्यानु एण्ड प्रो, अन्य र म्युचअल फन्डबाहेक अन्य उपसूचक ऋणात्मक भएका छन् ।