काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता

8.74K
shares

सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच सम्झौता भएको छ । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् । बैंकले मोबाइल बैकिङ सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज वित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नति गर्न लागेको हो । अब गरिने स्तरोन्नतिपश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाइल एपमार्फत नै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिनेजस्ता सेवाहरुको उपयोग गरी सहज तथा सरल ढंगबाट आफूलाई आवश्यक वित्तीइ सेवा उपभोग गर्न सक्नेछन् ।

बैंकले हालसम्म करिब सात लाख ग्राहकलाई ११५ शाखा, १० एक्सटेन्सन काउन्टर तथा ९७ एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।