महालक्ष्मी विकास बैंकद्वारा कैलारी उद्योग वाणिज्य संघलाई फर्निचर प्रदान
वि.सं.२०७८ फागुन ५ बिहीवार २०:४८
shares

महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले 'एक शाखा, एक सामाजिक उत्तरदायित्व' कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको हसुलीया शाखाले कैलारी उद्योग वाणिज्य संघको कार्यालयलाई फर्निचर प्रदान गरेको छ ।
बैंककाे सो शाखाले उद्योग वाणिज्य संघको कार्यालयलाई अफिस टेबल २ थान, अफिस स्टिल दराज १ थान, सोफा कुर्सी २ थान, प्लास्टिक कुर्सी ५ थान हस्तान्तरण गरेको बैंकका शाखा इन्चार्ज जगुराम डगौराले बताए । उक्त फर्निचर सामग्री कैलारी गाउँपालिकाका प्रमुख लाजुराम चौधरीको प्रमुख आतिथ्यमा संघका अध्यक्ष नेपाल चौधरीलाई हस्तान्तरण गरिएको थियाे ।
गाउँपालिका अध्यक्षले बैंकले उत्कृष्ट वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत स्थानीयहरुको आर्थिक उत्थानमा सहयोग पुर्याइरहेकोमा बैंकलाई धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत करिब ६ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले VISA EMV chips based travel Card, eCommerce card / Dollar card जारी गरिसकेकाे छ ।

























