काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कांग्रेसका १६ जिल्लाकाे अधिवेशन मिति सर्‍याे

11.24K
shares

नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशनकाे मिति दुई दिन पर सरेकाे छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको अधिवेशन दुई दिनपछि सारेकाे सचिव केशव रिजालले जानकारी दिए । अब अधिवेशन फागुन १५ गते हुने भएकाे छ ।

कांग्रेसका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ । १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव परेकाले अधिवेशनकाे मिति केही पर सार्न निधिका पुत्र एवं केन्द्रीय सदस्य विमलेन्द्र निधिले अनुराेध गरेका थिए ।