नेपालमा पहिलोपटक ‘भेगान महोत्सव’ आयाेजना हुँदै
वि.सं.२०७८ फागुन ५ बिहीवार १७:२६
shares

'हिमालय भेगान महोत्सव २०२२' नेपाल र भुटानमा आयाेजना हुने भएको छ । महोत्सव काठमाडौंमा आगामी सेप्टेम्बर १५-१७ र भुटानकाे थिम्पुमा सेप्टेम्बर १८-२० मा आयाेजना हुने भएको हाे ।
पाक कलाको प्रदर्शनी, म्याराथन दौड, शाकाहारी र प्राणी कल्याणका क्षेत्रमा कार्यरत व्यक्तिहरूको महोत्सवमा उपस्थिति रहने आयोजक संस्था वर्ल्ड भेगान अर्गनाइजेशन नेपालका अध्यक्ष सुरेशप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार भेगानिज्म के हो र किन मानिसहरू भेगान हुने भन्ने विषयको जानकारी दिनु महोत्सवको मुख्य उद्देश्य रहेको छ । यसका साथै महाेत्सवमा वर्कसप तथा गोष्ठीहरू पनि सञ्चालन हुनेछन् ।
लाइभ ब्याण्ड संगीत, नृत्य, अन्तर्राष्ट्रिय तथा स्थानीय भेगान सेफ, चलचित्र प्रदर्शनी, नि:शुल्क कुकिङ तालिम, भेगान स्वास्थ्य शिविर, फिटनेस र फेशन शो महोत्सवका आकर्षणहरु रहने आयाेजकले जनाएकाे छ । भेगान महोत्सव नेपालमा पहिलोपटक हुन लागेकाले रोचक र ज्ञानवर्द्धक हुने आयाेजककाे अपेक्षा छ ।

























